site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनसँगको 'विवादित सीमा'मा भारतीय सेनाले थाल्यो गस्ती
SkywellSkywell

काठमाडौं । पूर्वी लद्दाखको भारत–चीन सीमामा भारतीय सेनाले गस्ती सुरु गरेको छ । पछिल्लो समय डेम्चोक क्षेत्रमा अनुगमन भइरहेको छ । देप्साङमा छिट्टै गस्ती सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै यी दुई क्षेत्रबाट पछि हट्न दुवै देशका सेनाबीच सहमति भएको थियो । दीपावलीको अवसरमा बिहीबार पूर्वी लद्दाखको हट स्प्रिङ्स, काराकोरम पास, दौलत बेग ओल्डी, कोंगकला र चुशुल–मोल्डोमा लाइन अफ कन्ट्रोल (एलओसी) मा दुवै देशका अधिकारीहरूले एकअर्कालाई मिठाई खुवाए र बधाई दिएका थिए ।

KFC Island Ad
NIC Asia

संसदीय मामिलामन्त्री र अल्पसंख्यक मामिलामन्त्री किरेन रिजिजुले अरूणाचल प्रदेशको बुमला पासमा चिनियाँ सैनिकहरूसँग कुराकानी गरेका थिए । रिजिजुले सामाजिक सञ्जालमा यसको भिडियो पनि पोस्ट गरेका छन् ।

गस्तीसम्बन्धी भारत र चीनबीचको सम्झौताबारे विदेशमन्त्री एस जयशंकरले अक्टोबर २७ मा सेना फिर्ता गर्नुलाई पहिलो चरणको कदम भएको बताएका थिए ।

Royal Enfield Island Ad

भारत र चीनका सैनिकहरू हट स्प्रिङ्स क्षेत्रमा एउटा पुलमा उभिएर सँगै फोटो खिचेका थिए ।

पूर्वी लद्दाखको सीमा विवादलाई लिएर भारत र चीनबीच चार वर्षदेखि तनाव थियो । दुई वर्ष लामो वार्तापछि हालै सहमति भएको हो । दुवै सेना विवादित नाका देप्साङ र डेम्चोकबाट पछि हट्ने छन् ।

सन् २०२० मा भारत र चिनियाँ सेनाबीच गलवान भिडन्त भएपछि देप्साङ र डेम्चोकमा तनाव भएको थियो । करिब चार वर्षपछि अक्टोबर २१ मा दुई देशबीच नयाँ गस्ती सम्झौता भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro