site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा इजरायली हमलामा १९ जनाको मृत्यु

गाजा । गाजामा शनिबार इजरायली हमलामा कम्तीमा ६ बालबालिकासहित १९ जनाको मृत्यु भएको त्यहाँको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजापट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु र ४० भन्दा बढी मानिस घाइते भएका बताए ।

उत्तरी गाजाको जेइतुनस्थित एउटा घरमा आक्रमण गरिँदा तीन बालबालिकासहित सातजनाको मृत्यु र १० व्यक्ति घाइते भएका जनाइएको छ ।

एएफपीटीभीको फुटेजमा मानिसले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोजतलास गरिरहेका देखाइएको छ ।

खान युनुस सहरमा गरिएको अर्को आक्रमणमा तीन बालकसहित ६ जनाको मृत्यु र २६ व्यक्ति विस्थापित भएका बासलले बताए ।

गाजापट्टीको नुसेइराटमा एउटा घरमा गरिएको आक्रमणमा चार र दक्षिणी सिमानाको रफाहमा भएको ट्यांक फायरमा दुईजनाको मृत्यु भएको उनले बताए । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro