site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायनाडमा प्रियंका गान्धी विजयी

काठमाडौं । भारतको वायनाड लोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसकी नेतृ प्रियंका गान्धी निर्वाचित भएकी छन् । उनी निकटतम् प्रतिद्वन्द्वी उमेदवारको तुलनामा चार लाखभन्दा बढी मतान्तरले विजयी भएकी हुन् ।

यो संख्या राहुल गान्धीको जितभन्दा बढी हो । प्रियंकाले ६ लाख २० हजारभन्दा बढी मत पाएको बीबीसी हिन्दीले जनाएको छ ।

वायनाडमा कम्युनिस्ट पार्टीका सत्यन मोकेरी दोस्रो र भाजपाका नाव्या हरिदास तेस्रो भए ।

राहुलले छोडेपछि वायनाड सिटमा उपनिर्वाचन भएको हो । राहुलकी बहिनी प्रियंकाको यो पहिलो चुनावी प्रतिस्पर्धा पनि हो ।

सन् २०२४ मा राहुल रायबरेली र वायनाड दुई स्थानबाट निर्वाचित भएका थिए । त्यसपछि उनले वायनाड सिट छोड्ने निर्णय गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro