site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेरुतमा इजरायली हमलामा ११ जनाको मृत्यु
तस्बिर : न्युयोर्क टाइम्स ।

बेरुत । राजधानीको मुटुमा गरिएको इजरायली हवाई आक्रमणबाट शनिबार कम्तीमा ११ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण गरिएको थियो ।

इजरायलले भने हालसम्म बेरुतमा गरिएको उक्त आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । शनिबार बिहान यस क्षेत्रमा उद्धार कार्य चलिरहेको थियो । उद्धारकर्ता भग्नावशेष हटाई नागरिक सुरक्षामा तैनाथ थिए ।

घटनाको पुष्टि गर्दै लेबनानी स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएका जनाएको छ । डीएनए परीक्षणपछि मृत्युको अन्तिम संख्या निर्धारण हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

लेबनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली जेट विमानहरूले संरचनामा ६ क्षेप्यास्त्र प्रहार गरेका र नजिकैका भवनहरूमा व्यापक विनाश गरेको जनाएको छ ।

इजरायली सेनाले धेरै हिजबुल्लाह कमान्ड सेन्टरसहित सहरको दक्षिणी उपनगरहरूमा आक्रमण गरिएको जनाएको छ ।

इजरायलले सेप्टेम्बरको अन्त्यमा इरान समर्थित समूहविरुद्ध आफ्नो अभियानलाई अगाडि बढाएको थियो । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro