site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इराकमा हवाई आक्रमणमा पाँच आईएस लडाकुको मृत्यु

बगदाद । इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस)का पाँच लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ ।

गुप्तचर रिपोर्टका आधारमा इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिमस्थित दुर्गम क्षेत्रमा आईएस लडाकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको जनाइएको छ ।

इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा पाँच ‘आतंककारी’को शव फेला पारेको विज्ञप्तिमा उल्लेख छ । चार राइफल, दुई विस्फोटक बेल्ट, ६ ह्यान्ड ग्रेनेड, गोलाबारुदसहित सञ्चार उपकरण पनि फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१७ मा आईएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केही सुधार आएको थियो । तर, अझै सहरी तथा दुर्गम क्षेत्रमा लुकेका आईएसका लडाकुले सुरक्षा बल र नागरिकविरुद्ध बारम्बार आक्रमण गर्दै आएका छन् । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro