site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको राजस्थानमा बस दुर्घटना : १२ जनाको मृत्यु, ३० घाइते

काठमाडौं । भारतको राजस्थानमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । कल्भर्टमा ठोक्किँदा भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो ।

“केही घाइतेहरूलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सिकरमा उपचार भइरहेको छ,”वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले भने ।

दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्‍याइएको थियो ।

भारतमा सडक दुर्घटना सामान्य मानिन्छ । ओभरलोडिङ, खराब सडक र लापरबाह ड्राइभिङका कारण दुर्घटना हुने गर्छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro