site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते (आज) भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो ।

उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको स्रोतले जनायो । रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष पवनकुमार गोल्यानका अनुसार घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक, कसमस सिमेन्टलगायतका उद्योगमा लाइन काटिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro