site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्णबहादुरको सारङ्गी’को दोहोरी ब्याटलमा यस्तो सर्त ! (भिडियोसहित)
SkywellSkywell

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युब च्यानलमार्फत ‘रैया चाँदीको’ बोलको गीत सार्वजनिक गरेको हो ।

यो दोहोरी गीतलाई दोहोरी ब्याटल भनिएको छ । ब्याटलमा महिला र पुरुषका दुई टिम छन् । ब्याटल महिलाले राखेको सर्तसहित सुरु हुन्छ । सर्त हुन्छ– महिला टिमले जिते जन्जना बराइलीको घरमा विजय बराल हली बस्नुपर्ने पुरुष टिमले जिते विजयसँग अञ्जनाले बिहे गर्नुपर्ने । 

सर्तमा मञ्जुर भएपछि सुरु हुने दोहोरी ब्याटलमा प्रेम आकर्षण, विवाह र घरजमका कुरा समेटिएको छ । रोधी बस्दा युवायुवतीबीच हुने घोचपेच र रमाइला सवालजवाफ सुन्न सकिन्छ । 

KFC Island Ad
NIC Asia

ब्याटलमा महिलापक्षले हारेपछि सर्तमा मञ्जुर भएको गीत र यसको भिडियोमा देखिन्छ ।  

गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ ।  नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ । 

भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन् । 

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् । 

चलचित्र कात्तिक १५ गते रिलिज हुँदै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro