काठमाडौं । ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही फरार भएकी छन् ।
ललितपुर प्रहरी परिसरले उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो । अदालतले इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार भएकी हुन् ।
पक्राउ पुर्जी जारी भएलगत्तै उनी सम्पर्कमा नरहेको र खोजी जारी रहेको ललितपुर प्रहरी स्रोतले जनायो ।
यसअघि, प्रहरीले शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाललाई समेत पक्राउ गरिसकेको छ । एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि शाहीलाई निलम्बन गरिएको थियो ।
व्यवसायीसँग ३० लाख रुपैयाँ असुली गरेको घटनाबारे छानबिन गर्न बनेको समितिको सिफारिसको आधारमा चालक हमाल र शाहीलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको हो ।
- ‘हनी ट्रयाप’मा पारेर प्रहरी कार्यालयभित्रै ३० लाख असुल, इन्स्पेक्टरलाई निलम्बन सिफारिस
- ‘हनी ट्रयाप’मा पार्न इटहरीबाट भैँसेपाटी : इन्स्पेक्टर शाहीमाथि पनि मुद्दा चलाउने तयारी
- ‘हनी ट्रयाप’मा पार्न युवती प्रयोग गर्थे ताज र दर्शन, निसानामा प्रतिष्ठित व्यवसायी
- प्रहरी निरीक्षकलाई मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले बुझायो प्रतिवेदन
- ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो प्रकरण : इन्स्पेक्टरका सवारीचालक पक्राउ, के होला शाहीलाई ?