site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरी निरीक्षकलाई मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले बुझायो प्रतिवेदन
फाइल तस्बिर ।

काठमाडौं । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा प्रहरी निरीक्षकलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले तत्कालीन भैँसेपाटी प्रहरी प्रभागका प्रमुख समेत रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सोही सिफारिस गरेको हो । घटनामा शाहीको भूमिका शंकास्पद देखिएपछि समितिले यसअघि निलम्बन गर्न सिफारिस गरेको थियो । हाल उनी निलम्बित छन् ।

असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए । घटना लगत्तै बनेको समितिले मंगलबार प्रतिवेदन ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई बुझाएका थिए ।

ललितपुर प्रहरीले बुधबार प्रतिबेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको छ । कार्यालयका एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा देखिएका कुराको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाउने तयारी भएको बताए ।

प्रहरी थुनामा रहेका ताजसँग एसपी कमल थापाको समेत सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ । उनीमाथि समेत छानबिन गर्नुपर्ने देखिएको रानीपोखरी प्रहरी स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro