site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतबाट फर्केका पाँचजनामा कोरोना संक्रमण

कञ्चनपुर । गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोनाको संक्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको शुक्रबार ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । ती मध्ये तीनजना कैलाली र दुईजना अछामका हुन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना संक्रमित पाँचैजनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Argakhachi Cement Island Ad

तीन दिनमा भारतबाट फर्केका आठजनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए । संक्रमितहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ छ ।  

एन्टिजेनको नतिजा पोजेटिभ आएका आठैजनाको नमुना काठमाडौंस्थित प्रयोगशालामा पठाइएको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्