site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो प्रकरण : इन्स्पेक्टरका सवारीचालक पक्राउ, के होला शाहीलाई ?
विनुकुमारी शाही । फाइल तस्बिर ।

काठमाडौं । ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेर एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेको घटनामा थप एक प्रहरी पक्राउ परेका छन् । प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) विनुकुमारी शाहीका सवारीचालक सहायक हवल्दार महेन्द्र हमाल पक्राउ परेका हुन् ।

भैँसेपाटी प्रभागबाट जिल्ला प्रहरी परिसर ललितपुरमा तानिएका हमाललाई गएको शुक्रबारदेखि थुनामा राखिएको छ । व्यवसायीसँग ३० लाख असुली गरेको घटनाबारे छानबिन गर्न गठित समितिको सिफारिसका आधारमा चालक हमाललाई पक्राउ गरिएको हो ।

उक्त घटनामा इन्स्पेक्टर शाहीको समेत भूमिका शंकास्पद देखिएको छ । समितिले उनीमाथि पनि फौजदारी कसुरमा अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । घटनालगत्तै इन्स्पेक्टर शाहीको जिम्मेवारी खोखिएको थियो । हाल उनी निलम्बनमा छिन् । ललितपुर प्रहरीले अनुसन्धानका निम्ति शाहीको मोबाइल नियन्त्रणमा लिएको छ ।

ललितपुर प्रहरीकै नियन्त्रणमा रहेका युवक ताज स्लामको मोबाइल आइफोन १४ प्रो म्यास भने गायब छ । प्रहरी स्रोतका अनुसार, इन्स्पेक्टर शाहीले नै ताजको मोबाइल गायब पारेकी हुन् । उनीहरूको हनी ट्रयापको योजना इटहरीमा असफल भएपछि भैँसेपाटी पुगेको ललितपुर प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरी स्रोतका अनुसार, ललितपुरका जग्गा व्यवसायी केही समयअघि इटहरी पुगेका थिए । त्यही बेला उनी हाल ललितपुर प्रहरीको थुनामा रहेकी युवती सुष्मा विकसँग इटहरी र इलाममा घुमफिर गरे ।

घुमफिरका साथै उनीहरू होटेलमा सँगै बसे । त्यसपछि व्यवसायी ललितपुर फर्किए । सुष्मा र ती व्यवसायीबीच फोनमा सम्पर्क भइरहन्थ्यो । सुष्माले उनी पैसावाल व्यवसायी भएको थाहा पाइसकेकी थिइन् । व्यवसायी करिब पाँच करोड रुपैयाँ पर्ने ल्यान्डरोभर प्राडो चढ्थे । त्यसबारे सुष्माले आफूनिकट युवक दर्शन पोखरेललाई बताइन् ।

दर्शन र सुष्मा दाजु–बहिनीका रूपमा असाध्यै मिल्थे । सुष्माको कुरा सुनेपछि दर्शनले व्यवसायीबाट रकम असुल्ने योजना बनाएको खुलेको छ । दर्शन फरार छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुष्मा, इटहरीकै ताज स्लाम, भीमादेवी थापासहित चारजनालाई पक्राउ गरेको छ । घटना यही असोज ६ गतेको हो । आरोपितलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको हो ।

के थियो चालक हमालको भूमिका ?
प्रहरीका अनुसार, हनी ट्रयापमा परेका व्यवसायीको गाडी समेत भैँसेपाटी प्रभागभित्रै राखेर उनीहरूले ३० लाख असुलेका थिए ।

गाडी भित्र राख्नेदेखि रकम ताज स्लामले भनेअनुसार भीमादेवीको बैंक खातामा हाल्दासम्म इन्स्पेक्टर शाहीको निर्देशनानुसार चालक हमालले सहयोग गरेको देखिएको खुलेको थियो ।

पीडित व्यवसायीको साथीसँग भैँसेपाटीस्थित एभरेस्ट बैंकमा चालक हमाल पनि पुगेका थिए । लामो समयदेखि हमालले भैँसेपाटी प्रहरी प्रभाग प्रमुखको गाडी चलाउँदै आएका थिए । उनले शाहीको समेत गाडी चलाउँदै आएका थिए । उनी इन्स्पेक्टरकै कारण पक्राउ परेका हुन् ।

उच्च प्रहरी स्रोतका अनुसार, इन्स्पेक्टर शाहीलाई समेत उक्त घटनामा प्रतिवादी बनाउने गरी अनुसन्धान थालिएको छ । ललितपुर प्रहरीले शाहीविरुद्ध पक्राउ पुर्जी लिने तयारी गरेको छ । पक्राउ परेकामाथि अपराधिक लाभ कसुरमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro