site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हनी ट्रयाप’मा पार्न इटहरीबाट भैँसेपाटी : इन्स्पेक्टर शाहीमाथि पनि मुद्दा चलाउने तयारी

काठमाडौं । प्रहरी प्रभाग भैँसेपाटीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । उनीमाथि ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेर एक युवाबाट ३० लाख रुपैयाँ असुल गरेको आरोप छ । सो आरोपपछि शाहीको जिम्मेवारी खोसिएको  छ । 

शाहीकै योजनामा एक जग्गा व्यवसायीलाई बलात्कारको मुद्दा चलाउने भन्दै ३० लाख असुल गरेको खुलेपछि उनीमाथि समेत ललितपुर प्रहरीले मुद्दा चलाउने तयारी गरेको हो ।

त्यसका लागि जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पहिले निलम्बन गर्न सिफारिस गरेको हो । निलम्बनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उपत्यका प्रहरी कार्यालय स्रोतले भन्यो, “इन्स्पेक्टर शाहीमाथि मुद्दा नै चलाउनुपर्ने केही आधार देखिएको छ । हामी त्यसको तयारीमा छौँ । थप प्रमाण भेटिए मुद्दा चल्छ ।”

ललितपुर प्रहरीले शाहीको मोबाइल नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरीको नियन्त्रणमा रहेका युवा ताज स्लामको मोबाइल ‘आइफोन १४ प्रो म्यास’ भने गायब छ । प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक शाहीले नै ताजको मोबाइल गायब पारेका हुन् । 

शाही ललितपुर प्रहरी कार्यालयमा तानिएपछि ताजको मोबाइल नै गायब भएको हो । प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर शाहीले आफू र ताजबीच भएको कुराकानी प्रमाणको रूपमा हुने भएकाले गायब पारेकी हुन् । 

शाहीले आफू र ताजबीच मोबाइलको म्यासेजमा भएको कुराकानी समेत हटाएकी छन् । 

इटहरीमा योजना असफल भएपछि भैँसेपाटी
ललितपुर प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ‘हनी ट्रयाप’को योजना इटहरीमा असफल भएपछि भैँसेपाटी पुगेको खुलेको छ । युवाबाट इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी नै प्रयोग गरेर रकम असुल्ने योजना असफल भएको थियो । 

प्रहरी स्रोतका अनुसार ललितपुरका जग्गा व्यवसायी केही समयअघि इटहरी पुगेका थिए । त्यही बेला हाल ललितपुर प्रहरीको थुनामा रहेकी युवती सुस्मा विकसँग इटहरी र इलाम घुमफिर गरे । घुमफिरका साथै होटेलमा सँगै बसे । त्यसपछि युवा ललितपुर फर्किए । सुस्मा र युवाबीच फोनमा सम्पर्क भइरहन्थ्यो । सुस्माले युवा पैसावाल व्यवसायी भएको थाहा पाइसकेकी थिइन् । युवा करिब पाँच करोड पर्ने ल्यानड रोभर प्राडो चढ्थे । त्यही कुरा सुस्माले आफू निकट युवा दर्शन पोखरेललाई ‘सेयर’ गरिन् ।

दर्शन र सुस्मा दाजु–बहिनीका रूपमा असाध्यै मिल्थे । सुस्माको कुरा सुनेपछि दर्शनले व्यवसायीबाट रकम असुल्ने योजना बनाए ।

त्यसका लागि उनीहरू इलाका प्रहरी कार्यालय इटहरी समेत पुगे । तर, त्यहाँ उनीहरूले सोचेजस्तो युवाबाट रकम असुल्न नसकिने निष्कर्ष निकाले । 

त्यही कुरा दर्शनले ताजलाई सुनाए । उनीहरूबीच पूरानो चिनजान थियो । ताज भैँसेपाटी र व्यवसायी युवा समेत ललितपुर बस्ने भएकाले ताजले युवालाई त्यहीको प्रहरी प्रयोग गरेर पैसा असुल गर्न सकिने बताए ।  

भैँसेपाटी प्रहरी प्रमुख शाही र ताजबीच नजिकको सम्बन्ध थियो  । सोही योजनाअनुसार ताजले दर्शन र सुस्मालाई केही दिनअघिमात्रै इटहरीबाट काठमाडौं बोलाए ।

दुवैजना केही दिनदेखि गौशालाको एक होटेलमा बसेका थिए । ताजकै योजनामा दर्शन र सुस्मा होटेलबाट असोज पहिलो साता भैँसेपाटी पुगे ।

ती व्यवसायीबाट असुल हुने कुल पैसामध्ये ५० प्रतिशत प्रहरी निरीक्षक शाहीले लिने तय भइसकेको थियो । सोही योजनाअनुसार सुस्मामार्फत व्यवसायी युवालाई प्रहरी निरीक्षक शाहीले फोन गर्न लगाए । सुस्माको फोनपछि युवा भैँसेपाटी पुगे । त्यही बेला ल्यान्ड रोभर प्राण्डोसहित युवालाई प्रहरी निरीक्षक शाहीले कार्यायलभित्र लगिन् । 

बलात्कारको उजुरी आएको भन्दै युवालाई थर्काइन् । त्यो बेला सुस्मा र ताज पनि सँगै थिए । उनकै अगाडि मुद्दा नचलाउने पैसामा मिलाउने भन्दै ‘बार्गेनिङ’ भयो ।

सुरुमा ६० लाखको बार्गेनिङ ३० लाखमा सहमति जुट्यो । त्यो बेला युवासँग सात लाख रुपैयाँ मात्रै थियो । सहमतिअनुसार ती युवाले दर्शनको खातामा सात लाख रुपैयाँ ट्रान्सफर गरे । बाँकी दुईदिनभित्र दिने बाचा गरे । तर, त्यसका लागि आफ्नो प्राण्डो नै बिक्री गर्नुपर्ने बताएका थिए । 

उनले त्यही दुईदिनमा आफ्नो प्राण्डोलाई बजार मूल्यभन्दा दुई गुणा सस्तोमा बिक्री गरेर बाँकी १३ लाख बैंकमार्फत र १० लाखको चेक काटेको खुलेको छ ।

१३ लाख सुस्माकै एक साथीको खातामा पठाएको खुलेको छ । युवाले खातामा पैसा पठाउँदा भैँसेपाटीका एक प्रहरी समेत पीडित युवासँगै गएको खुलेको छ । घटनाबारे तेस्रो दिनमा भने पीडित युवाका एक साथीले ललितपुर प्रहरीमा जानकारी गराए । त्यसपछि ललितपुर प्रहरीले भैँसेपाटीमा रहेका दर्शन, सुस्मा र ताजलाई समेत कार्यालय झिकाएको थियो ।

सोही अनुसन्धानका क्रममा प्रहरीकै योजनामा ‘हनी ट्रयाप’मा पारेर रकम असुल्ने योजना भएको खुलेको हो । हाल सुस्मा र ताज प्रहरीको थुनामा छन् । शाहीमाथि अनुसन्धान गर्न ललितपुर प्रहरीका डीएसपी नरहरी अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति बनेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro