देश
बलेवा (बागलुङ) । मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार एकआपसमा ठोकिएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।
दुर्घटनाको कारण भने खुलेको छैन । कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पुर्याइएको थियो । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो । रासस
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१ २३:०४
प्रतिक्रिया दिनुहोस्