site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजाको विद्यालयमा इजरायली आक्रमणमा २८ जनाको मृत्यु
तस्बिर : अलजजिरा ।

जेरुसेलम । गाजाको एक विद्यालयमा बिहीबार गरिएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएको छ । इजरायली सेनाले भने हमासको कमान्ड केन्द्रमा आक्रमण गरिएको जनाएको छ ।

“प्यालेस्टाइनी रेड क्रिसेन्ट टोलीहरूले इजरायली कब्जामा रहेको दीर अल–बलाहको रफिदा विद्यालयलाई सेनाले लक्षित गर्दा २८ मृतक र ५४ घाइतेलाई सहयोग गरेका छन्,” संस्थाले भनेको छ ।

गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले वक्तव्यमा समान मृत्यु संख्या उपलब्ध गराएको छ ।

‘रफिदा विद्यालयका रूपमा पहिले प्रयोग भएको परिसरभित्र रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रबाट’ सञ्चालन गरिरहेका प्यालेस्टाइनी लडाकुलाई आक्रमणले लक्षित गरेको इजरायली सेनाले एक वक्तव्यमा जनाएको छ ।

सेनाले मृतकको संख्या उपलब्ध नगराए पनि कमान्ड–एन्ड–कन्ट्रोल केन्द्र ‘आईडीएफ (सेना) सैनिक र इजरायल राज्यविरुद्ध आतंकवादी आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न’ प्रयोग गरिरहेको जनाएको छ ।

बिहीबारको आक्रमण गाजामा विस्थापित प्यालेस्टाइनीलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा गरिएको इजरायली हमलाको शृंखलामा पछिल्लो थियो । गाजामा एक वर्षभन्दा बढी समयदेखि लडाइँ जारी छ ।

गाजा नागरिक सुरक्षा एजेन्सीका अनुसार, सेप्टेम्बर २६ मा उत्तरी गाजाको जबालिया शिविरमा अर्को विद्यालय–बनेको आश्रयस्थलमा गरिएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । इजरायली सेना हाल जबालियामा गहन अभियानमा संलग्न छ ।

इजरायली सेनाले हमासलाई हजारौँ गाजावासीले आश्रय लिएका विद्यालय भवनहरूमा लुकेको आरोप लगाएको छ । उक्त आरोपलाई हमासले अस्वीकार गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro