site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
‘कानुन अभावमा विपद् कोषको रकम खर्च गर्न समस्या’
SkywellSkywell

जनकपुरधाम । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले विपद् व्यवस्थापनसम्बन्धी ऐन तथा कानुनको अभावमा मधेस प्रदेशका बाढीपीडितलाई आर्थिक तथा भौतिकलगायत अन्य राहत सामग्री सहज रुपमा उपलब्ध गराउन नसकेको बताएका छन् । 

गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित सुरक्षा तथा विपद्सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लामा जनधनको क्षति भएपनि प्रदेश सरकारको स्पष्ट निकाय नहुँदा क्षति विवरण संकलन तथा पीडितलाई सहयोग गर्न नसकेको उनले बताए । 

KFC Island Ad
NIC Asia

राहत सामग्री जिल्ला प्रशासनमार्फत मात्र वितरण हुनुपर्ने एकद्वार प्रणाली रहेकाले मधेस प्रदेश सरकार समस्यामा परेको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयबाट राहत सामग्री वितरणमा व्यापक ढिलाइ हुने तथा प्रक्रिया पुर्याउनुपर्ने समस्या रहेको उनको गुनासो छ । मधेस प्रदेशको विपद् व्यवस्थापन कोषमा १२ करोड रकम भए पनि आफैँले खर्च गर्ने नसक्ने विडम्वना रहेको मन्त्री लेखीले बताए ।  

कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिलमियाँ अन्सारीले हालै आएको बाढीले व्यापक क्षति पुर्याएकाले बाटोमा सुधार, पुलहरुको मर्मत तथा निमांण गरी सहज वातावरण बनाउनका साथै जनतालाई राहत सामग्री वितरणमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।  

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरु संघीय सरकारअन्तर्गत रहेकाले तिनीहरुमार्फत सुरक्षा र राहत सामग्रीलगायत सामग्री वितरण गर्नुपर्ने प्रावधानले प्रदेश सरकारले बाढीपीडितलाई सहयोग गर्न असमर्थ रहेको मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रप्रसाद महतोको भनाइ छ ।

“वर्तमान संविधानमा जिल्ला प्रशासन कार्यालयको परिकल्पना छैन । अहिलेसम्म मधेस प्रदेश सरकारले प्रहरी ऐन ल्याउन नसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीको सञ्चालन तथा खटनपटन गर्न सक्ने अवस्था छैन,” उनले भने, “अहिले हामी संघयितालाई कार्यावन्यन तथा व्यवस्थित गर्ने प्रयासमा छौँ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro