site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२० लाख नाघ्यो छाप्न बाँकी लाइसेन्स : मेसिनमा समस्या, छपाइ रोकियो

काठमाडौं । यातायात व्यवस्था विभागले छाप्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को संख्या २० लाख नाघेको बताएको छ । विभागका अनुसार ट्रायल पास गरेका करिब २० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ ।

हाल विभागले आपत्कालीन अवस्थाका लाइसेन्स मात्रै प्रिन्ट गर्दै आएको छ । प्रिन्टिङ मेसिनमा समस्या आएको भन्दै विभागले नियमित रूपमा गर्दै आएको छपाइ करिब डेढमहिनादेखि रोकेको छ ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले छाप्न बाँकी लाइसेन्सको संख्या करिब २० लाख नाघेको बताए । इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सिस्टममा आएको समस्या समाधान गर्न प्राविधिक आए हाल रोकिएको छपाइ सुरु हुने उनको भनाइ छ ।

सरकारले ०७० असोजमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स छाप्ने सम्झौता गरेको थियो । हालसम्म विभागले ३६ लाखभन्दा बढी लाइसेन्स छापेको छ ।

ठूलो संख्यामा छाप्न बाँकी लाइसेन्स हुँदा र दैनिक हजारौँ नयाँ थपिँदै जाँदा विभागलाई चुनौती थपिएको छ । थप प्रिन्टिङ मेसिन किनेर छाप्ने वा प्रदेश सरकारले छाप्ने भन्ने विषयमै अन्योल बढेको छ ।

हाल कोसी प्रदेशले एक वर्षका लागि भनेर क्यूआर सिस्टमको लाइसेन्स छाप्न थालेको छ । वाग्मती प्रदेशले नागरिक एपमार्फत देखिने क्यूआरसहितको डिजिटल लाइसेन्सलाई नै मान्यता दिने तयारी गरेको छ ।

लाइसेन्स छाप्न विभागसँग करिब १२ लाख मात्रै कार्ड उपलब्ध छ । बाँकी लाइसेन्स छाप्ने प्रक्रियाका लागि मेसिन र कार्ड थप खरिद गर्ने वा के कसरी अघि बढाउने भन्नेमा विभाग निश्कर्षमा पुग्न सकेको छैन ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro