देश
काठमाडौं । सोलुखुम्बु प्रहरीले पासाङल्हामु गाउँपालिका–४ को विभिन्न ठाउँमा भत्किएको सडक मर्मतपछि सञ्चालनमा ल्याएको छ ।
गएको असोज ११ र १२ गते परेको वर्षापछि गएको पहिरोले क्षति भएको सडक सञ्चालनमा ल्याएको हो । सोमबार र मंगलबार लगाएर मर्मत गरेसँगै सडक सञ्चालनमा आएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिका घिमिरेले जानकारी दिए । स्थानीयले समेत सडक मर्मतमा सहयोग गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ १२:२५
प्रतिक्रिया दिनुहोस्