site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान हुने
फाइल तस्बिर ।

काठमाडौं । घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएका हुन् ।

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । “बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको  दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छु,” उनले भने ।

साथै, मन्त्री पाण्डेले रात्रिकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति अपरेसनको समयमा आवश्यकताअनुसार उडान हुने उल्लेख गरे ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro