site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्यदर्शनको तीन करोड कसरी पुग्यो लिला पछाईंको खातामा ? के हो जीबी राई 'कनेक्सन' ?

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा थप एक महिला पक्राउ परेकी छन् । तर, 'उनको सहकारीसँग कुनै साइनो छैन । न सेयर सदस्य हुन्, न बचतकर्ता ।'

तर, प्रहरी भन्छ– उनको खातामा सहकारीको तीन करोड रुपैयाँ गएको छ ।

पक्राउ पर्नेमा गुल्मीको मुसिकोट–४ स्थायी घर भई ललितपुरस्थित खुमलटार बस्ने लिला पछाईं हुन् ।
कास्की प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो । मंगलबार अदालतमा उपस्थित गराएपछि प्रहरीले अनुसन्धानका लागि चार दिनको समय पाएको छ ।

“सूर्यदर्शन सहकारीसँग उहाँको केही साइनो छैन, सेयर सदस्य पनि होइन र बचतकर्ता पनि होइनन्,” कास्की प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने ।

उसो भए पछाईंको सहकारीसँग कनेक्सन कसरी बन्यो त ? शर्माले यसबारेमा जवाफ दिएनन् । “योबारे म बोल्दिनँ, अनुसन्धानकै क्रममा छ, भन्न मिल्दैन,” उनले भने ।

तर, स्रोत भन्छ– जीबी राईसँग सिधा सम्बन्ध भएकै कारण पछाईंको व्यक्तिगत खातामा तीन करोड रुपैयाँ गएको हो । दिपेश पुन पोखरा आउँदा जीबीले उनीमार्फत रकम दिएको चर्चा छ ।

प्रहरीका अनुसार, पछाईंले जीबीसँग मिलेर लगेको रकम अचल सम्पत्ति खरिदमा खर्च गर्ने गरेको खुलेको छ । सेयर कारोबारमा पनि उनले सोही पैसाले लगानी गर्ने गरेकी थिइन् ।

सहकारीको सेयर, बचत तथा जगेडा कोषमा हुनुपर्ने रकम पछाईंको खातामा पुगेको थियो । पोखरा महानगरपालिकाले सूयदर्शन सहकारीमाथि गरेको छानबिन प्रतिवेदनमा पनि पछाईंको नाम उल्लेख छ । उनको नाममा ४१ लाख रुपैयाँ गएको र उक्त रकम जीबी राईले फर्छ्योट गरेका छन् ।

“लिला पछाईंको नाममा पुलेसो कर्जा नम्बर ११६–४५०८ बाट बचत खाता नम्बर ४९–००९३० मा जम्मा गरी सोही खाताबाट पेस्की फर्छ्योट गरिएको छ,” प्रतिवेदनमा उल्लेख छ ।

तर, यो रकम पनि सहकारीमा आएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ४१ लाख रुपैयाँमात्र देखिए पनि झन्डै तीन करोड रुपैयाँ उनको खातामा पुगेको देखिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro