काठमाडौं । अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले दोस्रो ‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’ आह्वान गरेको छ ।
२० वर्षमुनि उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले कात्तिक ५ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने कलेजले जनाएको छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदानका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो ।
युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनको भनाइ छ ।
प्रतिस्पर्धामा ८ देखि १५ मिनेटसम्मका फिल्म छनोट गरिने छन् । प्रथम हुने चलचित्रलाई १ लाख नगद प्रदान गरिनेछ । दास्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार प्रदान गरिनेछ ।
प्रथम, द्वितीय र तृतीय हुने फिल्म मेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति समेत पाउने कलेजले जनाएको छ । स्पेसल मेन्सनमा पर्न सफल फिल्म मेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने बताइएको छ ।