site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बुटवलबाट काठमाडौं आउँदै थियो झ्याप्लेखोलामा पुरिएको बस 
SkywellSkywell

काठमाडौं । धादिङको झ्याप्लेखोलामा पुरिएको माइक्रो बस बुटवलबाट आएको बताइएको छ ।

लु १ ज ४५७८ नम्बरको माइक्रोबाट १४ जनाको शव निकालिएको काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार केही साना सवारीसाधन पनि उक्त स्थानमा पुरिएको आशंका गरिएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरो बिहान १० बजेतिरै गएको अनुमान गरिएको छ ।

तर धादिङबाट आउने र काठमाडौंबाट जाने सडक पूर्णरुपमा अवरुद्ध भएकाले उक्त स्थानमा पुग्न समय लागेको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी सूर्य सुवेदीका अनुसार एउटै माइक्रोबाट १४ जनाको शव फेला परेको र एकजना हराइरहेका छन् । पहिरो क्षेत्र ठूलो भएकाले पन्छाउने काम नसकिएको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा बसमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro