site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुस्ता पुग्यो बिजुली, कुलमान घिसिङ भन्छन्– अब उद्योग र टुरिजमको सम्भावना बढ्यो 

नवलपरासी (सुस्ता) । नारायणी नदि पारि रहेको नेपाली गाउँ सुस्तामा पहिलोपल्ट बिजुली पुगेको छ ।

एक हजार ५ सय ७१ मिटर लामो पूलको निर्माणसँगै नेपाल विद्यूत् प्राधिकरणले ११ केभीको लाइनमार्फत् त्यस क्षेत्रका जनताको घरमा विद्युत् पुर्‍याएको हो ।

अब सुस्ताबासीले एक वर्षसम्म निःशुल्करुपमा बिजुली प्रयोग गर्न पाउनेछन् । पूलसँगै विद्युत् विस्तारको राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भव्य कार्यक्रमसँगै उद्घाटन गरे । उद्घाटन कार्यक्रममा पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको लामोदेखिको प्रयास सफल भएको भन्दै खुसी व्यक्त गरे ।

उनले बाह्रखरीसँगको कुराकानीमा भने, “सुस्ता अब नेपालसँग जोडियो । यो भन्दा खुसीको कुरा हाम्रा लागि के हुन सक्छ ?”

उनले करिब ३५० घरधुरी रहेको बताउँदै सरकारले नै एक वर्षसम्म निःशुल्क बिजुली दिने घोषणा गरेको बताए ।

susta-bi-1727581583.JPG
 

“पहिला ग्रीडको विद्युत् ल्याउन सकेका थिएनौँ । करिब डेढ किमी नदीमा पोल राख्न सम्भव थिएन । अहिले पूल बनेपछि ११ केभीको लाइन ल्याएर ग्रीडको विद्युत् ल्याएका छौँ,” घिसिङले भने, “नेपालको सिस्टमसँग सुस्ताक्षेत्र जोडियो । यो एउटा ठूलो माइलस्टोन हो । नेपालको हरेक सीमा क्षेत्रमा बिजुली लगेका छौँ तर यो ठाउँ बाँकी थियो । सुस्ताको विद्युतीकरणसँगै नवलपरासी पूर्णरुपमा विद्युतीकरण भयो । अब यहाँ टुरिजम र उद्योग कलकारखाना बन्न सक्छन् । यो खुसीको कुरा हो । पूलको कारणले यो सबै कुरा सम्भव भयो ।”
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro