site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्‌बाट पीडित नागरिकलाई वाग्मती सरकारले तत्काल राहत दिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वाग्मती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपद्‌बाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको आज साँझ बसेको आकस्मिक बैठकले विपद्‌बाट भएको क्षतिको यकिन गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारका तर्फबाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद्‌बाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकले अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले आ–आफ्नो विषयसँग सम्बन्धित क्षतिको विवरण तत्काल संकलन गर्ने निर्णय गरेको मुख्यमन्त्री लामाले बताए ।

विपद्‌बाट घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरुद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको उनले बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro