site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बाढीमा परेर उपत्यकाभित्रै २३ जनाले गुमाए ज्यान, उद्धार समयमा हुन किन सकेन ?
SkywellSkywell

काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाको कारण संघिय राजधानीकै जनजीवन अस्तव्यस्त मात्रै होइन २३ नागरिकले ज्यान नै गुमाउनु परेको छ ।

एक सातादेखि नै मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण गएको मंगलबारदेखि देशभर हल्लादेखि भारी वर्षा हुने बताएको थियो ।

Dabur Nepal
NIC Asia

महाशाखाले पूर्वजानकारीलाईसमेत राज्य संयन्त्रले नै गम्भीर रुपमा नलिँदा राजधानीमै परेको वर्षाका कारण नागरिकले ज्यान गुमाउनु परेको हो । राजधानीको साना–ठूला नदी र खोलामा आएको बाढीले नागरिकको ज्यान लिएको हो । वर्षाबारे नदीखोला किनारका नागरिकलाई जानकारी नहुँदा शुक्रबार रातिदेखि नै बाढीको चपेटामा परेका हुन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौंमा ९ जनाको ज्यान गएको छ ।

त्यस्तै ललितपुरमा ९ र भक्तपुरमा ५ जनाको ज्यान गएको हो । उनीमध्ये केही बाढीमा परेर र केहीको पहिरोमा पुरिएर ज्यान गएको हो । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीमा परेर उपत्यकामै २३ जनाले ज्यान गुमाउनुले उद्धार र राहतमा राज्य निष्प्रभावी भएको देखाउँछ ।  यद्यपी बाढीमा परेकाहरुको उद्धारका लागि सेनाले हेलिकोप्टरसमेत प्रयोग गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro