देश
गोरखा । उत्तरी गोरखामा भारी हिमपात भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा हिमपात भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
हिमपातका कारण यस क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ ।
“शुक्रबार साँझदेखि साम्दो र आसपासका क्षेत्रमा परेको हिमपात करिब डेढ फिटसम्म जमेको छ,” उनले भने, “हिमपात परेपछि अहिले यस क्षेत्रमा चिसो एक्कासि बढेको छ, जसले जनजीवन प्रभावित भएको छ ।”
सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) साम्दोका प्रमुख प्रहरी निरीक्षक विश्व त्रिपाठीले स्थानीयलाई घरबाहिर निस्कन कठिन भएको बताए । लार्केपास पदमार्गमा पुगेका पर्यटकलाई आवाजजावतमा समस्या भएको उनको भनाइ छ । रासस
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ २३:२२
प्रतिक्रिया दिनुहोस्