काठमडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक व्यक्तिले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यो डिजिटल प्लेटफर्ममार्फत ग्राहकले आफूसँग भएको सेयर धितो राखी सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजात बुझाउन सक्नेछन् । अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।
यो सेयर धितो कर्जाको सीमा न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ । यो कर्जाका लागि धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनु पर्नेछ, निवेदकबाहेक अन्य व्यक्तिको सेयर धितोको रुपमा स्वीकार गरिने छैन ।
यो सुविधा बैंकले डिजिटल युनिभर्समा पनि उपलब्ध गराएको छ ।