site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
दश वर्षपछि मञ्चमा महजोडी, ‘महजात्रा’ कात्तिक २९ देखि
SkywellSkywell

काठमाडौं । महजोडीले कात्तिक २९ गतेदेखि ‘महजात्रा’ प्रहसन प्रस्तुत गर्ने भएका छन् । कात्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘महजात्रा’ प्रहसन हुने भएको हो । 

दर्शकलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यले ‘महजात्रा’ गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

Dabur Nepal
NIC Asia

प्रहसनमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगै कलाकार किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतको प्रस्तुति रहने बताइएको छ । 

प्रहसनको मुख्य उद्देश्य हास्यव्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको बताइएको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक विकृतिलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गरिने मदनकृष्ण श्रेष्ठले बताए । 

उनले आफूहरू कुनै पनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दललाई बराबर नजरले हेरेको बताए । महजोडी दश वर्षपछि फेरि एकसाथ मञ्चमा आउन लागेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro