site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार, चालक प्रहरी नियन्त्रणमा

विराटनगर । कोसी ब्यारेजमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बसमा सवार २० जनाकै उद्धार गरिएको जानकारी दिए ।

"चालक, सहचालकसहित सबै २० जनालाई सकुशल उद्धार गरिएको छ । हताहत भएन । सबै सकुशल हुनुहुन्छ," बाह्रखरीसँग तिवारीले भने ।

उनका अनुसार, बिहीबार साँझ कोसीमा बस खसेलगत्तै सप्तरी र सुनसरीबाट खटिएका प्रहरी र स्थानीयले आधा डुबेको बसबाट यात्रु निकालेका थिए । घाइते भएका केही यात्रुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीका अनुसार, कोसी हेल्थ केयर अस्पताल सुनसरीमा १२ जना, भारदह अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

चालक सिरहाको लहान नगरपालिका–८ का चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार, चालक मेहताले 'बस एक्कासि नियन्त्रणबाहिर गएर नदीमा खसेको' बयान दिएका छन् । घटनाबारे प्रहरीले यात्रुहरूसँग पनि सोधपुछ गरिरहेको डीएसपी न्यौपानेले बताए ।

विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोसीमा खसेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro