देश

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा भीषण आगलागी भएको छ ।
बाम्का बजारस्थित नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हाे ।
हालसम्म १६/१७ वटा पसल जलिसकेको छ ।
शुक्रबार दिउँसो ३:५५ बजे लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १७:५४
प्रतिक्रिया दिनुहोस्