site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बीपी कोइरालाको साहित्यमाथिको समालोचना कृति सार्वजनिक

काठमाडौं । कल्पतरु प्रज्ञा प्रतिष्ठानले एक समारोहबीच ‘साहित्यकार विश्वेश्वरप्रसाद कोइराला : व्यक्तित्व एवं कृतित्व’ लोकार्पण गरेको छ ।

शुक्रबार जोरपाटी नयाँबस्तीस्थित भैरव अर्याल स्मृति भवनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल लगायतले उक्त समालोचना कृति सार्वजनिक गरे ।

Argakhachi Cement Island Ad

प्रमुख अतिथि नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले साहित्यको सेवा गर्दै आएको आगामी दिनमा पनि आफूले साहित्यका लागि समर्पित रहने बताए । उनले साहित्य र समाजबीचको तादात्म्यताको चर्चा गरे । 

सार्वजनिक कृति प्रकाशनका लागि गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा प्रा.डा. ज्ञानू पाण्डेले कृतिको चर्चा गर्दै बीपी भनेको विचार भएको उल्लेख गरिन् । उनले नयाँ पुस्ताले बीपी र बीपीका कृति पढ्नुपर्नेमा जोड दिइन् । 

डा. तुलसी भट्टराईले बीपी कोइरालाको साहित्य होस् वा राजनीति, तिनमा जति लेखे पनि कम हुने चर्चा गर्दै बीपीको साहित्य र राजनीतिका आयामहरूबारे अझै खोजी हुनुपर्ने बताए । 

साहित्यकार नवराज पुडासैनी ज्योत्सनाले प्रतिष्ठानद्वारा भए गरेका कामहरूबारे जानकारी गराउँदै नगरपालिका र प्रमुखप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा गोनपा वडा नं. ६ का अध्यक्ष नवराज लामा, प्रा.डा. कुलप्रसाद कोइराला, प्रा.डा. कृष्णप्रसाद दाहाल, प्रा. पुरुषोत्तम दाहाल, डा. विदुला घिमिरे, वियोगी बुढाथोकी, गोविन्द घिमिरे, कृतिका सम्पादक गोकुल अधिकारी लगायतले बीपी, उनको साहित्य र राजनीतिबारे बोले । यस पुस्तकभित्र १९ जना विभिन्न व्यक्तिको लेख समावेश छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्