site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तीनपिप्लेमा माइक्रो दुर्घटना हुँदा आठजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३, तीनपिप्ले भुवनेश्वरी मन्दिरनजिक माइक्रोबस दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार, शुक्रबार दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तीनपिप्ले भुवनेश्वरी मन्दिरनजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

Argakhachi Cement Island Ad

दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएका प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । घाइते सबैको मेगा ग्रिनसिटी अस्पताल जरंखुमा उपचार भइरहेको छ ।

माइक्रोबस सडकबाट १० मिटर तल खसेको थियो । उक्त घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रवक्ता बोहराले बताए । रासस

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्