site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी ब्यारेजबाट खस्यो बस, ११ जनाको उद्धार

विराटनगर । कोसी ब्यारेज पुलबाट यात्रुबाहक बस खसेको छ ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस ब्यारेजबाट नदीमा खसेको जानकारी दिए  

सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको बस कोसीमा खसेको हो । नदीबाट ११ जनाको उद्धार गरिएको छ । उनीहरूको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ ।

बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय इनरुवाको टोली घटनास्थल पुगेको र थप खोजी कार्यमा प्रहरी खटिएको बताइएको छ । बस अनियन्त्रित भई पुलबाट तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro