site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
घरेलु टिमविरुद्ध पुनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा
SkywellSkywell

काठमाडौं । घरेलु टोली भुटानविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै नेपाली युवा टिम साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

थिम्पुस्थित चंलिमिथाङ रंगशालामा बुधबार भएको खेलमा नेपालले पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको हो । नेपालको जितमा कृष्णबहादुर आले र सुजन डंगोलले गोल गरे । 

Dabur Nepal
NIC Asia

भुटानका योन्टेन थार्चेनले गोल ४३औँ मिनेटमा गोल गरेपछि घरेलु टिमले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ५६औँ मिनेटमा कृष्णको गोलमा नेपाल खेलमा फर्कियो । यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सुजनले निर्णायक गोल गरेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै नेपाल समूह 'बी'को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले तीन खेल खेल्दा ६ अंक जोड्यो । यस समूहबाट पाकिस्तान शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

नेपालले अब फाइनल प्रवेशका निम्ति भारतसँग खेल्ने छ । भारत समूह 'ए'को विजेता बन्दै सेमिफाइनल आएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro