site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलबाट देशकै लामो सुस्ता पुल उद्घाटन हुँदै  
SkywellSkywell

काठमाडौं । कुनै पनि स्थानमा बसोबास गरेका जनतालाई जब आफ्नै देशको अर्को भू–भागमा जानका लागि विदेशी भूमिको सहारा लिनुपर्ने हुन्छ तब उ आफूलाई स्वदेशसँग पर भएकोमा दुःखी हुन्छ । यही समस्या भोग्दै आएका थिए पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ का जनताले । धेरैवर्षको विछोडपछि सुस्ता पुलका कारण त्यहाँका जनताले आफूलाई नेपालसँग अन्तरङ्ग जोडिएको अनुभव गर्न पाएका छन् ।

केही हप्ता अगाडि निर्माण सम्पन्न भएको नारायणी नदी माथिको एक हजार पाँच सय ५८ मिटर लामो फलामे झोलुंगे पुलको राष्ट्रपति रामचन्द्र पौडेलले असोज १० गते बिहीबारका दिन औपचारिक उद्घाटन गर्नेछन् । पुल निर्माणपछि नारायणी पारिका करिब ३५० घर परिवारमा भिन्नै रौनक आएको छ । सुस्ताको पुल देशको सबैभन्दा लामो पुलको रुपमा गणना पनि भएको छ ।

पुल उद्घाटन समारोहमा कार्यवाहक प्रधानमन्त्री तथा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह तथा नवलपरासी पश्चिमका सांसद विनोद चौधरी पनि सहभागी हुने छन् ।

Dabur Nepal
NIC Asia

यो पुलको निर्माणको सम्झौता २०७० सालमै सम्पन्न भएको र तीन वर्षभित्र निर्माण सक्ने सर्त भएता पनि पुल बनिसक्न दश वर्षभन्दा बढी लागेको छ । पश्चिम नवलपरासीबाट निर्वाचित सांसद देवकरण कलवारले २०७४ मा पुलको काम अघि बढाउन पहल गरेका थिए ।

२०७९ सालको निर्वाचनमा विनोद चौधरी यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएपश्चात पुल निर्माणको काम द्रुत गतिमा सम्पन्न भएकोमा सांसद चौधरी प्रफुल्ल छन् । 

binod-chaudhari-(1)-1727261749.jpeg
 

चौधरी भन्छन्, “सुस्ताका नारायणी नदी पारिका जनताले आफूलाई नेपालबाट पर भएको महसुस गर्नुपरेको थियो अब त्यो अवस्थाको अन्त्य भएको छ । आफ्नै देशभित्रको अर्को स्थानमा जान पनि अर्काे देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ । यो अत्यन्तै पीडादायी अवस्था थियो । अब भौगोलिक र भावनात्मक रुपमा पनि त्यहाँका जनता मूलधारसँग जोडिएका छन् ।”

यो पुलसँगै सुस्ता वडा नं. ५ का जनताले सरकारबाट अर्को पनि सुविधा पाएका छन्, त्यो हो बिजुली बत्ती । अहिलेसम्म बिजुलीसम्म नपुगेको यो वडा अब झलमल्ल हुन थालेको छ । ११ केभी लाइन बिजुली पनि पुलकै बाटोबाट गाउँसम्म पुगेको छ ।

आफू सांसद भए लगत्तै बिजुली र पुलका लागि पहल गरेको र ति दुवै कुरा एकैसाथ पूर्ण भएकोमा चौधरी गौरवान्वित छन् । उनको अबको उद्देश्य भनेको त्यहाँका जनतालाई सहुलियतपूर्ण बिजुली उपलब्ध गराउनु नै हो । 

“हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यहि पुलबाट विजुली लैजाने प्रवन्ध गर्नु थियो । दुबै काम एकैपटक सम्पन्न भएको छ । अब सरकारले यहाँका नागरिकलाई सहुलियतको विजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ । यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,” उनले भने । 

सुस्ता पुल जस्तै नेपालको अर्को लामो पुल दोधारा–चाँदनीको पुल हो जसले महाकाली पारिका दुई नेपाली गाउँलाई भौगोलिक रुपमा मूलधारसँग जोडेको छ । सो पुलको लम्बाई १४५२ मिटर छ, जुन सुस्ताभन्दा सय मिटर कम छ । यो पुलको निर्माणले त्यस क्षेत्रमा पर्यटकिय चहल पहल निकै बढेको छ । अब सुस्ता पारी पनि आर्थिक र पर्यटकिय चहल पहल हुने विश्वासमा छन् जनता र नेता । 

सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ । चौधरी पनि भन्छन्, “यो पुलले यस क्षेत्रको पर्यटन उत्थानमा पनि ठूलो सहयोग गर्ने मेरो विश्वास छ ।”

सुस्ताको पुलले जोडिन लागेको गाउँ पहिले देखिनै खोलापारी थिएनन् । नेपाल र इष्ट इण्डिया कम्पनीकाबीच वि.सं. १८७२ मा सुगौली सन्धी हुँदासम्म त्यो स्थान नारायणी नदिको वारि नै थियो भन्ने प्रमाणहरू छन् । तर, त्यसपछि विस्तारै नारायणी नदी त्रिवेणीघाटबाट उत्तर पश्चिम अर्थात् नेपाल तिर चेपिएर बग्न थाल्यो अनि उताको जमिन पर पर सर्दै गयो ।

वि.सं. १९०२ मा नेपाल तर्फको करिब १३ हजार हेक्टर काटेर नदी भित्र पस्यो । त्यस पछि पनि २०११, २०१९ र २०३७ सालमा नदी क्रमशः नेपाल तर्फ सर्दै गयो । कालान्तरमा नदीले काटेको पारिको जमिन पनि खेतीयोग्य हुँदै गएर बसोबास बस्दै गएको देखिन्छ । यहाँको जमिन अत्यन्त उर्वर भएकाले पनि सो जमिनमा केही सीमा विवाद रहेको थियो । 

सुस्ताको करिब सात हजार हेक्टर जग्गामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली विद्यालयहरू पनि रहेको र अब पुलले समेत जोडेकाले यहाँका जनताले अब विवादबाट मुक्ति पाउने अवस्था देखिएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro