site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
आठ महिनापछि रेशम–रञ्जिता मिलाप, बोलाए केन्द्रीय समिति बैठक 
SkywellSkywell

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद सुल्झिएको छ । आठ महिनापछि रेशम चौधरी र रञ्जिता चौधरीको झगडा ‘ल्यान्डिङ’ भएको हो ।

रेशम चौधरी संरक्षक र उनकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको पार्टी ०७९ को निर्वाचनसँगै उदाएको थियो । तर, टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएर आममाफी पाएका चौधरी जेलबाट बाहिरिएसँगै पार्टी विभाजनको तहमा पुग्यो ।

पार्टीभित्रको आन्तरिक खिँचलाका कारण रेशम–रञ्जिताको पारिवारिक सम्बन्ध पनि विच्छेद हुने चर्चा समेत चलेको थियो ।

Dabur Nepal
NIC Asia

श्रीमान् र श्रेष्ठ दुवैले आत्मालोचना गरेपछि विवाद सुल्झिएको छ । उनीहरुले असोज १८ र १९ गते अनामनगरमा बस्ने गरी महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

विवादको श्रृङ्खला 

गत पुसमा आयोजित पार्टीको महाधिवेशनका बेला विवादको बिजारोपण भएको थियो । टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएर आममाफी पाएका पार्टीका संरक्षक चौधरी पुस २७ गते कैलालीमा भएको महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष बने ।

महाधिवेशनबाट अध्यक्षमा दोहोरिने चाहना राखेकी श्रेष्ठ असन्तुष्ट हुँदै काठमाडौं फर्किएकी थिइन् । त्यसपछि मात्रै चौधरीले श्रेष्ठलाई सह–अध्यक्ष बनाएका थिए ।
 
उनले महाधिवेशनबाट निर्वाचित कमिटी अद्यावधिकका लागि माघ २९ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन अयोगले फागुन २४ गते चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार ग¥यो । आयोगले चौधरी पार्टीको सदस्य पनि बन्न नमिल्ने भन्दै महाधिवेशनलाई वैधानिकता दिन नमिल्ने निर्णय गरेको थियो । 

उक्त निर्णयले श्रेष्ठ अध्यक्ष रहेको साविककै समितिको अवस्थामा फर्कियो । आयोगको निर्णयका सन्दर्भमा पनि चौधरी र श्रेष्ठबीचको बुझाइ फरक थियो । श्रेष्ठ आयोगको निर्णय मानेर अघि बढ्नुुपर्ने पक्षमा थिइन् । 

चौधरी भने आयोगको निर्णयविरुद्ध अदालत जानुपर्ने अडानमा थिए । त्यसपछि विवादले उग्र रुप लिएको थियो । एक पक्ष र अर्को पक्षबीच कुटाकुटकै अवस्था बनेको थियो । ०८० चैतमा केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि बैठकमा नै चौधरीले कुटपिट गरेको आरोप लागेको थियो ।

श्रीमान्÷श्रीमतीको झगडाले पार्टीको तलै तहसम्म आगो सल्किएको थियो । सुदूरपश्चिममा मन्त्री र मुख्यमन्त्री नियुक्तका विषयमा विवाद चर्किएको थियो । एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी नै चल्यो । पार्टी अध्यक्ष रहेकी श्रेष्ठ अल्पमतमा परेकी थिइन् । उनी केन्द्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएकी थिइन् ।

सुदूरपश्चिममा पनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बनाउनुपर्ने पक्षमा थिइन् । तर, चौधरी सुदूरपश्चिममा कांग्रेसकै सरकारलाई निरन्तरता दिने पक्षमा उभिँदा एउटै पार्टीबाट मुख्यमन्त्रीका दुई उमेदवार बन्ने अवस्था सिर्जना भएको थियो । 

एमाले र माओवादीले कैलाश चौधरीलाई समर्थन गर्दा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्रीको उमेदवार पनि बनेका थिए । तर, तत्कालीन केन्द्रमा सत्तारुढ रहेको दल एकीकृत समाजवादीले समर्थन फिर्ता लिएर दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाएको थियो । 

त्यस्तै, ०८१ असारमा प्रतिनिधिसभामा बहुमत सदस्य (तीन)ले रञ्जितालाई दलको नेताबाट हटाएको थियो । प्रमुख सचेतक रहेका गंगाराम चौधरी दलको नेता बनाए । 

कसरी भयो विवादको समाधान ? 

प्रतिधिसभामा बहुमत सदस्यको तर्फबाट संसदीय दलका नेता बनेका गंगाराम चौधरीले पुराना कुरा समीक्षा गरेपछि दुई जनाबीच सहमति भएको बताए । “संरक्षक र अध्यक्षबीच मिलेर जाने सहमति भएको छ । उहाँहरुले विगतका कुरा ‘रियलाइज’ पनि गर्नुभयो,” उनी भन्छन्, “सहमति नहुँदा पार्टी संगठन विस्तारमा पनि अफ्ठ्यारो भएको थियो । उहाँहरुले पुराना सबै कुरा सुधार्छौं भन्नुभएको छ ।” 

उनले पार्टीको पहिलो महाधिवेशन र अब कसरी अघि भन्ने बैठकबाट निर्णय लिइने बताए । राजनीतिक जीवनमा एक–अर्काले कारबाही गर्नु स्वाभाविक भएको भनाइ उनको छ । “राजनीतिक जीवनमा कारबाही हुन्छ । महाधिवेशन पनि भयो । अब कसरी अघि बढ्ने भन्ने केन्द्रीय कमिटी, पदाधिकारीबाट निर्णय हुन्छ,” उनले भने । 

केन्द्रीय सदस्य खुसीराम डगौराले पार्टी विवादले भएको क्षतिबाट शिक्षा लिइएको बताए । त्यही शिक्षाबाट दुई नेताबीचको सहमति भएपछि नेता कार्यकर्तामा उत्साह प्रवाह भएको भनाइ उनको छ । 

“पार्टी, टुटफुट विभाजन कसैले चाहँदैन, पार्टी एकता होस् भन्ने सबैको चाहना थियो’’ उनले भने, ‘‘उहाँहरु एक–आपसमा लड्नु पनि भयो । प्राप्ति त केही भएन । त्यही भाव बुझेर एकता नजिक पुग्नुभयो । यसले हामी सबैलाई खुसी बनाएको छ ।” 

पार्टी अध्यक्षका विषयमा कानुनअनुसार नै चल्नुपर्ने भनाइ उनको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro