site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अलाभेसविरुद्ध रियालको रोमाञ्चक जित

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले डेपोर्टिभो अलाभेसविरुद्ध ३–२ को रोमाञ्चक जित हात निकालेको छ । मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा रियाललाई जित दिलाउन लुकास भाज्क्वेज, किलियन एमबाप्पे र रोड्रिगोले गोल गरे । 

खेलको पहिलो मिनेटमै लुकास भास्क्वेजले गोल गर्दै रियाललाई अग्रतामा राखेका थिए । ४०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै रियालको अग्रता दोब्बर पारे । 

खेलको ४८औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियालको अग्रतालाई ३–० मा पुर्याएका थिए । तर, खेलको अन्त्यतिर पाहुना टिमले दुई गोल फर्काएपछि खेल रोमाञ्चक बनेको हो । ८५औँ मिनेटमा अलाभेसका लागि कार्लोस बेनाभिडेजले गोल गर्दै रियालको अग्रता ३–१ मा झारेका थिए । त्यसको एक मिनेटपछि खेलको ८६औँ मिनेटमा किके गार्सियाले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए पनि टिमको हार टार्न भने सकेनन् । 

जितसँगै रियाल सात खेलबाट १७ अंकका साथ लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक छ । पराजित अलाभेस भने ७ खेलबाट १० अंकका साथ लिगको आठौँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro