site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीविरुद्ध पुलिसको सहज जित 

काठमाडौं । राष्ट्रिय महिला लिग २०२४ मा विभागीय टिम नेपाल पुलिस क्लबले कर्णाली प्रदेशविरुद्ध ३–० को सहज जित निकालेको छ । 

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले समान एक गोल गरे । 

पुलिसले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल थपेको हो । खेलको ४३औँ मिनेटमा निर्मलाको गोलमा पुलिसले अग्रता बनाएको थियो । ५४औँ मिनेटमा मनिषाले विभागीय टिमको अग्रता दोब्बर बनाइन् । 

यस्तै, खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा सम्झनाले गोल गरेपछि पुलिसले ३–० को जित पक्का गरेको हो । प्रतियोगितामा पुलिसले आठ खेल खेल्दा यो पाँचौँ जित हो । तीन खेल बराबरी खेलेको पुलिसले १८ अंक जोडेको छ ।

यता, कर्णालीको भने यो आठ खेलमा यो छैटौँ हार हो । समान एक खेलमा जित र बराबरीको नतिजा निकालेको कर्णालीले चार अंक जोडेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro