site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको पोस्टमा उज्वेकिस्तानको आधा दर्जन गोल 

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा उज्वेकिस्तानले १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको नेपालविरुद्ध ६–० को सहज जित निकालेको छ । 

बुधबार न्यु ताइपेस्थित फु जेन क्याथोलिक युनिभर्सिटी रंगशालमा भएको खेलमा कुनै पनि समय नेपालले दबाब बनाउन सकेन । खेलको १९औँ मिनेटमा रक्षक सविन घिमिरे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । 

Dabur Nepal
NIC Asia

नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल बेहोरेको हो । हारसँगै समूह ‘बी’ को नेपालको एसियन कप पुग्ने सम्भावना न्यून बनेको छ । नेपालले तीन खेलबाट तीन अंक जोडेको छ । 

पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को निकालेको थियो । लगातार दोस्रो खेल जितेको उज्वेकिस्तानले एसियन कप पुग्ने सम्भावनालाई बलियो बनाएको छ । उज्वेकिस्तानले अब घरेलु टोली र बहराइनसँग खेल्न बाँकी छ । नेपालले अब बुधबार समूहको अन्तिम खेल बहराइनसँग खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro