site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ । सहभागी राष्ट्रमा पुरुषतर्फ १४ र महिला तर्फ आठ टोली रहने छन् ।

प्रतियोगिताका लागि ४५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन् । प्रतियोगितामा नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरबिया, जोर्डन, बंगलादेश, चाइनिज ताइपेई, श्रीलंका, गुआम, इन्डोनेसिया र इरान रहेका छन् ।

पुरुषतर्फ फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, नेपाल, साउदी अरबिया, जोर्डन, बंगलादेश, चाइनिज ताइपेई र श्रीलंकाको सहभागिता रहने छ । महिलातर्फ नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्बेकिस्तान र इन्डोनेसियाबीच प्रतिस्पर्धा  हुने छ ।

नेपालमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीलाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ । एसियाली रग्बीको यस वर्षको सबैभन्दा ठूलो यस प्रतियोगितासँग इमिरेट्सले मुख्य प्रायोजकमा सम्झौता गरेको हो ।

नेपालमा पहिलोपटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ । यसअघि, सन् २०२२ मा अन्डर १८  र सन् २०२३ मा अन्डर २० रग्बी दशरथ रंगशालामा नै आयोजना गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २१:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro