site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
भारतबाट अस्कर अवार्डमा ‘लापता लेडिज’
SkywellSkywell

काठमाडौं । ९७औँ एकेडेमी अवार्ड (अस्कर)मा भारतका तर्फबाट चलचित्र ‘लापता लेडिज’ छनोट भएको छ । 

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि भारतबाट ‘लापता लेडिज’ले प्रतिनिधित्व गर्ने भएको हो । 

Dabur Nepal
NIC Asia

फिल्म फेडरेशन अफ इन्डियाका सदस्यले ‘लापता लेडिज’ अस्करमा सिफारिस गरेका हुन् । 

‘लापता लेडिज’ किरण रावको दोस्रो निर्देशकीय चलचित्र हो । उनले यो सिनेमालाई आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताएकी थिइन् । 

चलचित्रमा रेलमा बेहुली परिवर्तन भएको कथा देखाइएको छ । यो चलचित्रको कथा र प्रस्तुतिलाई लिएर भारतमा ठूलो प्रशंसा भएको थियो । 

चलचित्रमा नितान्सी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम, गीता अग्रवाल शर्मालगायत कलाकारको अभिनय छ । 

नेपालबाट ९७ औँ अस्कर अवार्डका लागि मिनबहादुर भामको ‘साम्बाला’ छनोट भएको छ । यो सिनेमा अहिले प्रदर्शनरत छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro