काठमाडौं । आकृति रोशयारा, संस्कार खनाल र रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेता घोषित भएका छन् ।
आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्ल र संस्कार सिनियर ब्वाइजतर्फको विजेता बनेका हुन् ।
प्रतियोगितामा जुनियर गर्लतर्फ फर्स्ट रनरअप प्रिन्सु पुडासैनी, सेकेन्ड रनरअप भाविस्का दाहाल, थर्ड रनरअप आयंसी सापकोटा चुनिए ।
सिनियर गर्लतर्फ फर्स्ट रनरअप दृष्टि सिंह थारु, सेकेन्ड रनरअप आरोही कर्ण र थर्ड रनरअप ब्रिसा भट्ट भए ।
सिनियर ब्वाइजतर्फ फर्स्ट रनरअप आरोहण चिपालु, सेकेन्ड रनरअप अग्रिम पोखरेल र थर्ड रनरअप राहुल यादव घोषित भएका छन् ।
विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरसँगै विभिन्न पुरस्कार पाएका छन् ।