site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक हप्तामा कति ग्रसकलेक्सन गर्‍यो ‘साम्बाला’ले ?

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘साम्बाला’ले एक हप्तामा करिब डेढ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले एह हप्तामा एक करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । 

“शुक्रबार साँझ हामीलाई आएको रिपोर्टअनुसार एक हप्तामा एक करोड ४० लाख रुपैयाँ कलेक्सन गरेको छ,” निर्देशक मिनबहादुर भामले बाह्रखरीसँग भने । 

मंगलबारबाट चलचित्रमा अकुपेन्सी उच्च देखिएको उनले बताएका छन् । “मंगलबारबाट हलमा उच्च अकुपेन्सी पनि देखिएको छ । वर्ड अफ माउथ राम्रो हुँदै जाँदा शो राम्रो पाउँदै गएको छ,” उनी अगाडि थप्छन्, “प्राप्त शोमा अकुपेन्सी पनि बढ्दै गएको छ ।” 

चलचित्र रिलिजको पहिलो दुई दिन भने ‘साम्बाला’मा दर्शकको धेरै आकर्षण देखिएको थिएन । विस्तारै सकारात्मक प्रचार हुँदै जाँदा दर्शकको संख्या पनि बढ्दै गएको उनको भनाइ छ । 

करिब आठ वर्ष अगाडि रिलिज भएको मिनको पहिलो फिचर फिल्म ‘कालो पोथी’ले पहिलो हप्ता ३० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । (त्यो समय अहिलेको तुलनामा सिनेमा हलको संख्या र स्क्रिन भने कम थियो ।) 

दोस्रो हप्ताबाट वर्ड अफ माउथले दर्शक थपिँदै जाँदा ‘कालो पोथी’ले लाइफ टाइम हल कलेक्सन साढे तीन करोड रुपैयाँ गरेको थियो ।

“कालो पोथीजस्तै यो सिनेमा पनि अब उच्च अकुपेनसीसहित चल्छ भन्ने विश्वास छ । विस्तारै शो संख्या, अकुपेन्सी र प्रतिक्रिया राम्रो आइरहेको छ,” मिनले भने । ‘साम्बाला’ करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण भएको चलचित्र हो । 

९७ औँ अस्कर अवार्डमा सिफारिस भएको यो चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ ।

मिनबहादुर भामले निर्देशन गरेको चलचित्रमा कथा लेखनमा मिनलाई अभिनास विक्रम शाहले सहयोग गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro