देश

काठमाडौं । पर्साकी श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
विश्वासघात र ठगीसम्बन्धी आरोपमा पर्सा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । सोही आरोपमा कार्यालयको टोलीले बिहीबार (जेठ २२) रौनियारलाई पक्राउ गरेको हो ।
कार्यालयका एसपी काजीकुमार आचार्यले रौनियारलाई पक्राउ गरेर पर्सा पठाइएको बाह्रखरीलाई जानकारी दिए । उनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १२:००
प्रतिक्रिया दिनुहोस्