site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
९७औँ अस्कर अवार्डमा नेपालबाट ‘साम्बाला’ छनोट

काठमाडौं । ९७औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालका तर्फबाट चलचित्र ‘शाम्बाला’ छनोट भएको छ । 

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘साम्बाला’ छनोट भएको हो । 

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले विज्ञप्ति जारी गर्दै ‘साम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन् । 

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अनुसार यसवर्ष अस्कर प्रतिस्पर्धाका लागि ‘साम्बाला’ले मात्रै आवेदन दिएको थियो । 

“चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक बुनोटलाई ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो,” विज्ञप्तिमा उल्लेख छ, “नेपाली चलचित्र जगतमा यस चलचित्रको विशिष्ट स्थान रहने विश्वास गरिएको छ ।” 

मिनबहादुर भामले निर्देशन गरेको चलचित्र अहिले हलमा प्रदर्शनरत छ । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro