
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ । अर्जुनलाई मनीषा सुनारले आवाजमा साथ दिएकी छन् ।
गीतले सिनेमाको सार बताउने प्रयास गरेको छ । गीतमा चलचित्रको मुख्य कलाकारले घर छोड्दादेखि सहर पुगेर गरेको संघर्ष र त्यहाँ पाएको दुःख तथा निराशा छ ।
घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ तर, काठमाडौं भने त्यसको विपरीत रहेको गीतले समेट्ने प्रयास गरेको छ ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय छ ।
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ ।
बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटाको मुख्य भूमिका छ ।
निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले आमा र छोराबीचको भावनात्मक कथा भन्दै छ, जुन कुरा यो गीतले पनि प्रष्ट पारेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।