site stats
बाह्रखरी :: Baahrakhari
कला
सय दिन अगाडि नै ‘अभिमन्यु’को काउन्ट–डाउन सुरु ?

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले काउन्ट–डाउन सुरु गरेको छ । निर्माणपक्षले आज पोस्टर सार्वजनिक गर्दै सयदिने काउन्ट–डाउन सुरु गरेको हो । 

पोस्टरअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन बाँकी छ । ‘अभिमन्यु : च्याप्टर–१’ आगामी भदौ २७ गते रिलिज हुँदै छ ।

Argakhachi Cement Island Ad

तराइको सेटअपमा रहेको पोस्टरमा धानबारीको फाँट र छेउमा केराको बगान छ । धानबारीमा एक युवकले सरकारी विद्यालयको पोसाकमा रहेको बालिकालाई हातमा किताब र कपी च्यापेर बोकेको दृश्य छ । 

पोस्टप्रोडक्सनमा रहेको ‘अभिमन्यु : च्याप्टर–१’मा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलगायत छन् ।

चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । 

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । 

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । 

‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्