कला
काठमाडौं । नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाडौं सहर’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा काठमाडौंको जीवन्त संस्कृति र समृद्ध इतिहासको वर्णन गरिएको छ ।
व्याण्डको एल्बम ‘जवानीको जोश’मा समेटिएको गीत ‘काठमाडौं सहर’ले द्वन्द्वकालको समयमा काठमाडौं सहरमा हुर्किंदै गरेको एक युवकको अनुभव समेटिएको छ ।
गीतमा व्यंग्यात्मक शब्द समेटिएको छ । गीतका गायक तथा गीतकार स्टिभ देवानले काठमाडौं आफ्नो घर भएकाले गीतमा घरप्रतिको गहिरो माया र स्नेहलाई प्रस्तुत गरेको बताएका छन् ।
म्युजिक भिडियो दरबार स्क्वायरमा छायांकन गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्