site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्जुन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सकियो अकोराबको अधिवेशन

काठमाडौं । देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । 

ललितपुरमा आयोजित अकोराबको १८औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालले जानकारी दिए ।

अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरूमा खेमकुमारी पोखरेल, मिलन गाहा, नविननरसिंह नेपाली र गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सचिवमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय सदस्यहरूमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नविनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गिता चिमोरिया, हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय लेखा समिति संयोजकमा संगीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित भए । केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजंग थापा सर्वसम्मत निर्वाचित भए ।

अकोराबको कोसी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेस प्रदेशमा अध्यक्षमा उपासना तिवारी, वाग्मती प्रदेश अध्यक्षमा दीपक लामा, गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्षमा नविन केसी, कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदूरपश्चिमको अध्यक्षमा वेदप्रकाश तिमल्सैना निर्वाचित भए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro