काठमाडौं । अमृत अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘मनको शान्ति’बोलको गीत उनले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको हुन् ।
गीतमा स्वर अमृतसँगै शान्तिश्री परियार, राचन्द्र चन्द र सुनिता बुढा क्षेत्रीको छ । विक्रमबाबु विश्वकर्माको शब्द रचना रहेको गीतमा हुकलाइन र संगीत नन्दु परियारको छ ।
गीतमा दैनिक जनजीवनमा झेल्नुपर्ने तनाव कसरी कम गर्ने, मनलाई कसरी शान्त बनाउने भन्ने पक्षलाई जोड दिइएको छ ।
गीतले समसामयिक विषय उठान गरेको छ । आर्थिक मन्दीको प्रभाव, सहकारीमा जम्मा गरेको रकम हिनामिनाले सिर्जना गरेको असरलाई गीतले समेटेको छ ।
भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् । गीतको भिडियोमा रामचन्द्र अधिकारी, जुना गुरुङ, बिमल अधिकारी, यशु भट्टराईलगायतको अभिनय छ ।